प्रधानमन्त्री सत्ता टिकाउने खेलमा मात्र केन्द्रितः सचेतक बर्तौला

स्वर्णिम खबर
२६ जेष्ठ २०८०, शुक्रबार १८:२४

२६ जेठ, हेटौँडा । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्ताैलाले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित रहेको आरोप लगाउनु भएको छ ।
प्रधानमन्त्री दाहाल देशको हित नभई विदेशी रिझाउने र सत्ता टिकाउने खेलमा लागि परेको उहाँको जिकीर थियो । शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचेतक बर्तौलाले प्रधानमन्त्री दाहालले भारत भ्रमणमा समेत देशको हितको पक्षमा उभिन नसकेको दोहो¥याउनु भयो । सचेतक बर्तौलाले सरकारले उद्योग क्षेत्रको प्रवद्र्धनमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
यस्तै शुन्य समयमा बोल्नुहुँदै सांसद् बर्तौलाले किसानलाई सरकारले मल बिउ समयमै उपलब्ध नगराएको असन्तुष्टि समेत व्यक्त गर्नुभयो । उहाँले किसानले मौसम अनुरुपका विभिन्न समस्याहरु खेप्नुपरेको भन्दै उनीहरुलाई समस्या अनुरुपको राहत तथा क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुभयो ।
सांसद् बर्तौलाले सरकार किसानको अभिभावक बन्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*