प्रभातफेरी र सभा गरेर बागमती प्रदेशमा मनाईयो १६ औं गणतन्त्र दिवस

स्वर्णिम खबर
१५ जेष्ठ २०८०, सोमबार १६:२४

१५ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले हेटौँडामा १६ औं गणतन्त्र दिवस मनाएको छ ।
दिवसका अवसरमा प्रदेश सरकारले हेटौंडामा प्रभातफेरी र सभा गरेर यो दिवस मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख यादब चन्द्र शर्माले ०६२÷०६३ को क्रान्तिको जगमा जन निर्वाचित संविधानसभाले २०६५ जेठ १५ गतेका दिन नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने ऐतिहासिक दायित्व पूरा गरेको बताउनुभयो । उहाँले शहीदहरुको बलिदानको जगमा प्राप्त उपलब्धीहरुको रक्षा गर्दै अघि बढ्नु सबैको दायित्व रहेको बताउनुभयो । जनताका लागि जनताद्घारा जनताले निर्वाचनको माध्यमबाट शासन गर्ने प्रणाली नै लोकतन्त्र भएको प्रदेश प्रमुख शर्माको भनाई थियो । गणतन्त्रलाई कमजोर बनाउन विभिन्न प्रयासहरु भइरहेको भन्दै त्यसतर्फ सजक रहन उहाँले सम्पूर्ण राजनीतिक दलहरुलाई आग्रह समेत गर्नुभयो ।


यसैगरी समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिगो विकास र सुशासन सहित प्रदेशबासीको जीवनस्तर सुधार गर्नु नै सरकारको प्रमुख दायित्व भएको बताउनुभयो । गणतन्त्रले निर्दिष्ट गरेको बाटोलाई अंगीकार गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न प्रदेश सरकार प्रयासरत् रहेको मुख्यमन्त्री जम्कट्टेलले दाबी गर्नुभयो ।
प्रदेशका मन्त्रीहरु, सांसदहरु, मन्त्रालयका सचिबहरु, कर्मचारीहरु लगायतकाको सहभागिता रहेको रहेको कार्यक्रममा सभामुख भुवन पाठक भने अनुपस्थिति रहनुभएको थियो । कार्यक्रममा बिभीन्न बिधामा पत्रकारहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*