बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते आउने

स्वर्णिम खबर
११ जेष्ठ २०८०, बिहीबार १९:१६

११ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते सार्वजनिक हुने भएको छ ।
प्रदेश सभाको जेठ १४ गते दिउँसो २ बजे बस्ने बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादव चन्द्र शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो । बिहीबार बसेको प्रदेश सभामा सभामुख पाठकले उक्त जानकारी गराउँदै प्रदेश सभाका सदस्यहरुलाई औपचारिक वोशकसहित उपस्थित हुन आह्वान समेत गर्नुभयो ।
यस्तै प्रदेश सभाको बैठकमा विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले दलगत स्वार्थ नराखी प्रदेश सबै जिल्लाका नागरिकहरुलाई समान व्यवहारको आधारमा विकासको पूर्वाधार, आर्थिक समृद्धि एवम् पर्यटन विकासको लागि उच्च प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट आउने बताउनुभयो । मन्त्री लामाले प्रदेशको विभिन्न जिल्लामा कृषि उत्पादन, मौसमी तरकारी खेती, पशुपंक्षी पालनलाई प्राथमिकतामा राखी दुधजन्य पदार्थलाई सर्वसाधारणको पहुँजमा पु¥याउने कृषकलाई अनुदान गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । यसैगरी उहाँले प्रदेशमा सुशासनको रणनीतिलाई व्यापकता बनाउने, भ्रष्टाचार नियन्त्रणको लागि उच्च प्राथमिकतामा राखेर सरकारको संयन्त्र परिचालन गर्ने समेत बताउनुभयो ।
यसैबीच नेकपा एमाले बागमती प्रदेशले पत्रकार सम्मेलन गर्दै प्रतिपक्षी दलले दिएको सुझावलाई समेत समेटेर नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*