सत्ता गठबन्धनले राजनीतिलाई हलुका रुपमा लियोः अध्यक्ष ओली
३ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा मदन—आश्रितको ३१ औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धन सत्तामा मात्रै सिमित रहेको उल्लेख गर्नुभयो । उहाँले अहिलेको सत्ता गठबन्धनले राजनीतिलाई हलुका रुपमा लिइरहेको बताउनुभयो । अध्यक्ष ओलीले काँग्रेस जिम्मेवारी बोध नगर्ने पार्टी भएको आरोप समेत लगाउनुभयो । उहाँले अहिलेको सत्ता गठबन्धन टिक्छ की जान्छ भन्नेमा मात्रै सिमित रहेको दाबी गर्नुभयो । अध्यक्ष ओलीले वर्तमान गठबन्धन नीति, कार्यक्रम, उद्देश्यबिहीन गठबन्धन भएको बताउनु भयो ।
अध्यक्ष ओलीले राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको बताउनु भयो ।













