नेपाल–भारतबीचको भौगोलिक सीमा चुस्त र स्पष्ट राख्नुपर्छः पूर्व राष्ट्रपति भण्डारी

स्वर्णिम खबर
३० बैशाख २०८०, शनिबार १७:५०

३० वैशाख, काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताउनु भएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको उल्लेख गर्दै दुई मुलुकबीचको भौगोलिक सीमालाई सम्पूर्ण रुपले चुस्त र स्पष्ट राख्नुपर्ने औंल्याउनु भएको हो । शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रुपमा लिखित पुस्तकको बिमोचन कार्यक्रममा बोल्दै उहाँले दुई देशबीचको जनस्तर, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन पनि भौगोलिक सीमासम्बन्धि सबै समस्याहरु हल गरेर अघि बढनैपर्ने तर्क गर्नुभयो । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले आफ्नो नक्शामा समाविष्ट गरेर संविधानको अंग बनाएसँगै मलुुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताप्रति ऐतिहासिक रुपमै नयाँ चेतनाको सञ्चार भएको उहाँले उल्लेख गर्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले एक राष्ट्रले अर्को राष्ट्रको संवेदनशीलतालाई ख्याल गरेर अघि बढदामात्रै आपसी सम्बन्धलाई अझ सदृढ र विश्वाशिलो बनाउँदै लैजान सकिने पनि स्मरण गराउनु भयो । उहाँले नदी प्रणालीको संरक्षण र सम्वद्र्धन गरी अघि बढन सके नेपालले आर्थिक रुपमा ठूलो प्रगति गर्ने समेत बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*