अख्तियारमाथि खनिए ओली, क्यान्टनमेन्ट काण्डमा अख्तियारले खुट्टा कमाएको आरोप

स्वर्णिम खबर
२८ बैशाख २०८०, बिहीबार १३:५२

२८ वैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने बताउनुभएको छ ।
पार्टीको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले क्यान्टनमेण्ट काण्डबारे अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गर्नुभयो । उहाँले बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचार बाहेक अरु हुनै नसक्ने दाबी गर्नुभयो । उहाँले नेकपा (माओवादी केन्द्र) को सरकारले एकलौटी रुपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको आरोप समेत लगाउनुभयो ।
अध्यक्ष ओलीले भ्रष्टाचार गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने ? भन्ने हिसावले चलखेल भइरहेको आरोप लगाउनु भयो । उहाँले उहाँले नेकपा एमालेप्रति बढी लक्षित गरी विभिन्न आधारहीन अभिव्यक्ति बाहिर आइरहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले भ्रष्टाचारको बिरुद्धमा बोल्नेहरुको मुख थुन्ने काम भइरहेको आरोप लगाउनु भयो । अध्यक्ष ओलीले भ्रष्टाचारको बिरुद्धमा बोल्ने विपक्षीहरुलाई धम्की दिने काम भइरहेको बताउनु भयो ।
अध्यक्ष ओलीले सरकारी सम्पती निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर कमिशन खानेकुरा सह्य नहुने चेतावनी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*