भ्रष्ट्राचारको सबालमा सरकार कमजोर बन्न हुन्नः पूर्व प्रधानमन्त्री भट्टराई
२४ वैशाख, हेटौँडा । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफुमाथि लाग्ने गरेको ललिता निवास जग्गा प्रकरणको छानविन आफैबाट सुरु गर्न सरकारलाई अनुरोध गर्नुभएको छ ।
भ्रष्ट्राचारको विषयमा आफु कठोर रहेको भन्दै आफुमाथि लाग्ने गरेको आरोप पुष्टि नहुने समेत उहाँले दाबी गर्नुभयो । आइतबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेपाल समाजवादी पार्टीको अध्यक्ष समेत रहनुभएको उहाँले भ्रष्ट्राचारको सबालमा सरकार कमजोर बन्न नहुने बताउनुभयो । नेपालमा हाल सुरु भएको नक्कली भुटानी शरणार्थीका दोषीहरुलाई कानुनी कारबाही गर्नबाट रोक्न नहुने उहाँको भनाई थियो । निरन्तर भइरहने सत्ता परिवर्तनको खेलको कारण जनातामा निराशा छाएको भन्दै उहाँले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सहितको ब्यवस्था आवश्यक भएको उल्लेख गर्नुभयो ।
पूर्व प्रधानमन्त्री भट्टराईले हेटौंडामा सडक विस्तार अनिवार्य भएको बताउनुभयो । उहाँलेसडक विस्तारका लागि कसैले पनि कुनै बाधाअवरोध नगरी सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले केन्द्रमा सत्ता परिवर्तन हुँदा प्रदेश सरकार पनि परिवर्तन हुन नपर्ने भन्दै प्रदेशलाई स्वायत्त भएर काम गर्न दिए मात्र संघियताको अनुभुती हुने बताउनुभयो ।













