युवा संघ नेपालद्वारा प्रधानमन्त्री दाहालको पुत्ला दहन

स्वर्णिम खबर
१६ बैशाख २०८०, शनिबार १७:१४

१६ वैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल एमालेमा आवद्ध राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेको छ ।
शनिवार अपरान्ह काठमाडौंको नयाँ बानेश्वरमा सरकारबिरुद्ध उत्रिएका युवा संघ, नेपालका नेता, कार्यकर्ताहरुले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब दिँदै प्रधानमन्त्री दाहालको पुत्ला दहन गरेको हो । त्यसक्रममा उनीहरुले लडाकुको नाममा अर्बौं घोटाला गर्न खोजेको भन्दै सरकारबिरुद्ध नाराबाजी लगाएका थिए । अयोग्य लडाकुहरुको नाममा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नेगरी ल्याइएको सो कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलनको आँधिबेहरी सृजना गरी सरकारलाई घुँडा टेकाउन बाध्य हुने युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिनुभयो ।


राष्ट्रिय युवा संघ, नेपालले शुक्रवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी अयोग्य लडाकुलाई राहत स्वरुप २ लाखका दरले दिने गरी ल्याइएको कार्यविधि खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*