रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिए
१५ वैशाख, काठमाडौँ । उपनिर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले सांसद पदको शपथ लिएका छन् ।
लामिछाने र वाग्लेलाई सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । बारा–२ बाट निर्वाचित जसपाका उपेन्द्र यादव भने बारामै रहेकाले आज उनको शपथ ग्रहणको कार्यक्रम भएन । वैशाख १० गतेको उपनिर्वानमा राष्ट्रिय स्वतन्त्र पार्टीकासभापति रवि लामिछाने पाँच महिनापछि सोही क्षेत्रमा भएको उपनिर्वाचनमा झनै धेरै मतान्तरले विजयी भएका हुन् । उनी ५४ हजार १ सय ७६ मतसहित विजयी भएका थिए । यस्तै, तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ३४ हजार ९ सय १९ मतसहित निर्वाचित भएका थिए ।













