बागमती मन्त्रीपरिषदः हिउँदे अधिवेशन अन्त्यको लागि सिफारिस गर्ने
१३ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी बुधबार नै बसेको बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी बिधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति समेत दिएको छ । साथै, युवा बैज्ञानिक कोष सन्चालन बिधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।













