बागमती प्रदेश मन्त्रीपरिषद् बैठकः यस्ता छन् महत्वपूर्ण तीन वटा निर्णयहरु

मनिल महतो
२८ चैत्र २०७९, मंगलवार १७:५१

२८ चैत्र, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश चिठ्ठा सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयकलाई स्वीकृत प्रदान गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त बिधेयकलाई प्रदेश सभामा पेश गर्ने स्वीकृती प्रदान गरेको प्रदेश सरकारका प्रबक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी मन्त्रीपरिषद् बैठकले प्रदेश सञ्चार माध्यम ब्यबस्थापन (चौथो संशोधन) नियमावली र प्रदेश उच्च शिक्षा नियमावली २०७९ स्वीकृत गरेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
चैत्र २६ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसका दुई जना सांसद्लाई मन्त्री नियुक्त गरेपछि मंगलबार मन्त्रिपरिषद् बैठक बसेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*