बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुद्वारा शपथग्रहण, प्रदेश सरकार अझै अपूर्ण

स्वर्णिम खबर
२६ चैत्र २०७९, आईतवार २०:५९

२६ चैत्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेश्रो पटक मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहनु भएका बहादुर सिंह लामालाई आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसकै सांसद् तीर्थ लामालाई खानेपानी, उर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुलाई आइतबार साँझ नै प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको हो । यद्यपी बागमती प्रदेश सरकारले अझ पूर्णता पाउन भने सकेको छैन । मुख्यमन्त्री जम्कट्टेलको जिम्मामा अझै पनि ५ वटा मन्त्रालय रहेको छ ।

बागमती प्रदेशमा नया सत्ता समीकरण बनेपछी नेपाली काङ्ग्रेस सरकारमा सहभागी भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*