तीनै तहको सरकार संघीय संरचना अनुसार काम गर्न असक्षमः मन्त्री श्रेष्ठ
१५ चैत्र, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले तीनै तहको सरकार संघीय संरचना अनुसार काम गर्न सक्षम नदेखिएको बताउनुभएको छ ।
बुधवार काठमाडौं महानगरपालिकाले आयोजना गरेको पहिलो न्यायिक समिति राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले संघीयता अनुसार काम गर्न नसक्दा जनताले खोजेको जस्तो काम गर्न नसकिरहेको स्वीकार गर्नुभयो । उहाँले जनताको सबै भन्दा नजिकको सरकार भनेको स्थानीय सरकार भएको समेत उल्लेख गर्नुभयो । उहाँले जनताका समस्या समाधान गर्न स्थानीय सरकार बढी सचेत हुनुपर्ने बताउनु भयो ।
मन्त्री श्रेष्ठले केन्द्र सरकारले प्रहरी समायोजन ऐन बनेपनि त्यसलाई कार्यान्वयनमा ल्याउन नसकिएको बताउनु भयो ।













