बागमती प्रदेशः दोश्रो पटक मुख्यमन्त्रीले पाए विश्वासको मत, सदनमै एमालेले बुझाए राजीनामा

स्वर्णिम खबर
१० चैत्र २०७९, शुक्रबार १६:०४

१० चैत्र, हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोश्रो पटक सदनबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
शुक्रबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले दुई महिनाको अवधिमा दोश्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो । उहाँको पक्षमा ६७ जना सांसद्ले मत दिएको थियो भने विपक्षमा १७ जनाले सांसद्ले मत हालेका थिए । त्यसैगरी ७ जना सांसद् तटस्थ बसेका थिए । मुख्यमन्त्री जम्कट्टेललाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, हाम्रो नेपाल पार्टीका सांसद्ले मत दिएका थिए । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले भने मुख्यमन्त्रीको विपक्षमा मत जाहेर गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेका थिए ।
यसैबीच नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री जम्कट्टेललाई सदनमै राजीनामा बुझाउनुभएको हो । प्रदेश सभामा बोल्दै नेता थपलियाले अब नेकपा एमाले प्रदेश सरकारको सशक्त प्रतिपक्षको भुमिकामा रहने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*