बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत्र ८ गते विश्वासको मत लिने

स्वर्णिम खबर
२ चैत्र २०७९, बिहीबार १७:४१

२ चैत्र, हेटौँडा । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत्र ८ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
जम्कट्टेल नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुरुप मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो । राप्रपाले फागुन १३ गते बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था छ । मुख्यमन्त्रीले विस्वासको मत लिनको लागि प्रदेश सभाको बैठक चैत्र ८ गते दिउँसो ३ बजे बस्ने गरि बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । एमालेपनि सरकारमै रहेको कारण विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*