सहमति जुट्न नसक्दा बागमती प्रदेशसभाको बैठक स्थगित

स्वर्णिम खबर
२३ माघ २०७९, सोमबार १७:४३

२३ माघ, हेटौँडा । बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ ।
सोमबार अपराह्न १२ बजे बस्ने गरी बोलाइएको प्रदेशसभाको बैठक माघ २६ गते अपराह्न १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने भनिएको प्रदेशसभा बैठकमा विभिन्न पाँच वटा समिति गठनको कार्यसूची थियो । दिउँसो बसेको सर्वदलीय बैठकमा उक्त समितिमा अध्यक्षसहित दलको प्रतिनिधित्व गर्ने सदस्यहरुको भागबण्डामा सहमति हुन नसकेपछि प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । बागमती प्रदेशसभाको माघ २६ गते बस्ने बैठकलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गर्ने कार्यसूची रहेको प्रमुख सचिव खड्काले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*