लोकतान्त्रिक व्यवस्थालाई प्रभावकारी बनाउन प्रदेशसभाको भुमिका अहम्ः प्रदेश प्रमुख शर्मा
१८ माघ, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन, बचन र कर्मले भ्रष्टचार नियन्त्रणमा लाग्नुपर्ने बताउनुभएको छ ।
प्रदेशसभाको पाँचौ बार्षिकोत्सब समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख शर्माले राष्ट्रवादको टोपीको गन्तव्य, लम्पट पूजीवाद र दलाल अर्थतन्त्रको जुत्ताले संविधानले निर्दिष्ट गरेको समाजवादको गन्तव्य निर्धारण गर्न नसक्ने वताउनुभयो । उहाँले संकटापन्न आर्थिक अवस्थाको सुधार, निर्यात प्रबर्धन, आयात प्रतिस्थापन, जनजीवनको सुरक्षाजस्ता विषयमा चिन्तन, मनन र छलफल गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । प्रदेशप्रमुख शर्माले लोकतान्त्रिक शासन व्यवस्थालाई अझ बढी सबल, सक्षम र प्रभावकारी बनाउन प्रदेशसभाले अहम् भूमिका निर्वाह गर्नेमा विश्वास समेत व्यक्त गर्नुभयो ।
यसैगरी कार्यक्रममा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तीन तहको सरकारले आपसी सरसल्लाह गरेर समन्वय गरेर काम गरिने वताउनुभयो । अहिले प्रदेशमा प्रहरी समायोजनको काम अगाडी बढ्दै गरेको उहाँले वताउनुभयो । अब सबै मिलेर उत्पादन बढाउने र रोजगारी बढाउनेगरी काम गर्नेगरी प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री जम्मकट्टेलले दाबी गर्नुभयो ।
प्रदेशसभाका सभामुख भुवन कुमार पाठकको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, पूर्व सभामुख सानुकुमार श्रेष्ठ, नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता बहादुर सिंह लामा, उपसभामुख अप्सरा चापागाई, प्रदेशका मन्त्रीहरु, सचिबहरु लगायतकाको आतिथ्यता रहेको थियो ।













