बागमती प्रदेशका मुख्यन्यायधिवक्ता नेपालद्वारा शपथ ग्रहण

स्वर्णिम खबर
१६ माघ २०७९, सोमबार १४:४४

१६ माघ, हेटौँडा । बागमती प्रदेशका मुख्यन्यायधिवक्ता ज्ञानेन्द्र नेपालले सोमबार पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम मुख्यन्याधिवक्ता नेपालले उच्च अदालत पाटनका मुख्यन्यायधीश महेश पुडासैनी समक्ष पद तथा गोपनियताको शपथ लिनुभएको हो । कार्यक्रममा प्रदेश प्रमुख यादब चन्द्र शर्मा, प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*