बागमती प्रदेशमा मन्त्रीपरिषद्ले पूर्णता पायो, नवनियुक्त ८ जना मन्त्रीद्वारा शपथग्रहण

स्वर्णिम खबर
११ माघ २०७९, बुधबार १७:३५

११ माघ, हेटौँडा । बागमती प्रदेशमा मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ८ जना मन्त्रीहरु नियुक्त गरेसंगै मन्त्रीपरिषद्ले पूर्णता पाएको हो ।
नवनियुक्त मन्त्रीहरुले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । माओवादी केन्द्रबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमारी मोक्तान सामाजि विकास मन्त्री र युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री भएका छन् । यसैगरी नेकपा एमालेबाट केशव प्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री भएका छन् । जगन्नाथ थपलिया भने यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुनुभइसकेको थियो । यसैगरी राप्रपाबाट यसअघि नै बिना विभागीय मन्त्रीमा नियुक्त हुनुभएको उद्धव थापाले खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । राप्रपाबाट डम्बर तामाङ पर्यटन उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री भएका छन् । उनीहरुले पद तथा गोपनीयताको शपथसँगै बुधबार नै पदभार पनि ग्रहण गरेका छन् । या ेसंगै बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित ११ सदस्यीय मन्त्रिपरिषद बनेको छ । यसअघि सरकारलाई विश्वासको मत दिएको नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले भने सरकारमा सहभागिता जनाउने अवसर पाएनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*