बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत

स्वर्णिम खबर
३ माघ २०७९, मंगलवार १६:५०

३ माघ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ ।
उहाँले प्रदेशसभामा रहेका एक सय १० जना सांसद मध्ये एक सय ५ जना सांसदको मत पाउनुभएको हो । मुख्यमन्त्री जम्मकट्टेललाई नेपाली कांग्रेस सहित नेकपा एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएको हो । मुख्यमन्त्री जम्मकट्टेलको विपक्षमा ३ जना सांसदले मत दिए । नेपाल मजदुर किसान पार्टीले भने उहाँको विपक्षमा मत हालेका थिए । यसैबीच विश्वासको मत पाएसंगै सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै मुख्यमन्त्री जम्मकट्टेलले दलहरुको समर्थनले सरकारमा एउटा उत्साह पैदा भएको प्रतिक्रिया दिनुभयो । १ सय ५ जना सांसद्ले सरकारलाई विश्वासको मत दिनु चुनौती र अवसर दुबै भएको उहाँले बताउनुभयो । सबै राजनीतिक दलहरुलाई मिलाएर समृद्ध बागमती प्रदेश बनाउने अभियानमा लाग्ने समेत मुख्यमन्त्री जम्मकट्टेलले बताउनुभयो । उहाँले अब केही दिनमा नै मन्त्रीपरिषद्ले पूर्णता पाउने समेत बनाउनुभयो । प्रदेशमा ११ वटा मन्त्रालय रहने र राज्यमन्त्री नरहने मुख्यमन्त्री जम्मकट्टेलले स्पष्ट पार्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*