बागमती प्रदेशको मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने

स्वर्णिम खबर
२७ पुष २०७९, बुधबार १२:५४

२७ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिनुहुने भएको छ ।
विश्वासको मत लिनेबारे प्रदेशसभामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट जानकारी आएको र त्यही अनुसारको तयारी गरिएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभया । बागमती प्रदेशसभामा रहेका ५ दलले उहाँलाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए । नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पाटीका २ जना प्रदेशसभा सदस्य गरी ७० प्रदेशसभा सदस्यको समर्थनमा जम्मकट्टेल मुख्यमन्त्री बन्नुभएको हो । प्रदेश सरकारले पूर्णता पाउन भने अझ एक महिना लाग्न सक्ने प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताउनुभयो । मंगलबार बसेको पहिलो मन्त्रिपरिषद बैठकले मन्त्रालयको संख्या घटाउने सम्बन्धमा प्रतिवेदन बनाउन प्रमुख सचिवको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको थियो । त्यही कार्यदलको प्रतिवेदन आएपछि र सत्ता साझेदार दलहरुबीचमा भागबण्डा मिलाएपछि मन्त्रिपरिषदले पूर्णता पाउने प्रवक्ता थपलियाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*