बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले लिए शपथ
२६ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मंगलबार शपथ ग्रहण गर्नुभएको छ ।
जम्मकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार शपथ ग्रहण गराउनुभएको हो । यसैगरी नेकपा एमालेका जगन्नाथ थपिलयाले आर्थिक मामिला तथा योजना मन्त्री र रापपाका उद्धव थापा बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले जम्मकट्टेललाई सोमबार संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । जम्मकट्टेललाई नेकपा एमालेका ३७, माओवादी केन्द्रका २१, राप्रपा १३, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीका २ जना गरी ७० जना सांसद्को समर्थन रहेको थियो ।













