बागमती प्रदेशसभा सदस्यले लिए शपथ

स्वर्णिम खबर
१४ पुष २०७९, बिहीबार १७:४५

१४ पुस, हेटौँडा । बागमती प्रदेश सभाका १ सय ९ जना प्रदेश सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुलाई बिहीबार प्रदेश सभामा शपथ गराउनुभएको हो । प्रदेश सभा सचिवालयका अनुसार १२ जनाले नेवारी तथा ३ जनाले तामाङ भाषामा र बाँकीले नेपाली भाषामा शपथ लिएका छन् । १ सय १० प्रदेशसभा सदस्य रहेको बागमतीमा बुधबार जेष्ठ सदस्य ढुङ्गानाले शपथ लिनुभएको थियो । उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ खुवाउनुभएको थियो । बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३, हाम्रो नेपाली पार्टीका २ जना निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*