बागमती प्रदेशका ज्येष्ठ सदस्य ढुंगानाले लिए शपथ

स्वर्णिम खबर
१३ पुष २०७९, बुधबार १७:२९

१३ पुस, हेटौँडा । बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले सपथग्रहण गर्नुभएको छ ।
प्रदेश प्रमुख यादबचन्द्र शर्माले बुधबार ढुंगानालाई सपथग्रहण गराउनुभएको हो । ७२ वर्षीय ढुंगनाले बागमती प्रदेशसभाले सभामुख चयन नगरेसम्मको लागि प्रदेशसभाको अध्यक्षता ग्रहण गर्नेछन् । ढुंगानाको २००६ साल असोज २ गते जन्म भएको हो । उहाँ प्रदेशसभामा नुवाकोट क्षेत्र नंबर २ को १ बाट विजयी हुनुभएको हो । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८२ को उपधारा (५) बमोजिम बागमती प्रदेशको प्रदेश सभाका ज्येष्ठ सदस्य ढुङ्गानाज्यूलाई प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन¸ २०७५ को दफा २४ को उपदफा (१) बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*