कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित
१३ पुस, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित हुनुभएको छ
बुधबार भएको निर्वाचनमा लामाले आफ्नो निकटतम प्रतिस्पर्धी ईन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गर्दै दलको नेतामा निर्वाचित हुनुभएको हो । केन्द्रीय सदस्य समेत रहनुभएका लामाले २१ मत प्राप्त गर्दा कांग्रेस बागमतीका सभापति समेत रहनु भएका इन्द्रबहादुर बानियाँले १६ मत प्राप्त गर्नुभयो । निर्वाचनमा बागमती प्रदेशसभाका लागि कांग्रेसबाट निर्वाचित ३७ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए । लामा नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद हुन् । दुवै नेता कांग्रेस संस्थापन समूहका हुन ।













