मकवानपुरमा निर्वाचित सांसद्हरुलाई प्रमाणपत्र वितरण

स्वर्णिम खबर
१२ मंसिर २०७९, सोमबार १५:४२

१२ मंसिर, हेटौँडा । मंसिर ४ गते सम्पन्न प्रतिनिधीसभा र प्रदेशसभामा निर्वाचित भएका मकवानपुरका सांसदहरुलाई सोमबार निर्वाचन परिणाम घोषणा गर्दै प्रमाणपत्र वितरण गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जिल्लामा संघ र प्रदेशसको चुनावमा विजयी भएकाहरु उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण गरेको हो । मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बिजयी भएका संघीय सांसद र प्रदेशसभाका सदस्यहरुलाई बधाइ ज्ञापन गर्दै प्रमाणपत्र वितरण गर्नुभयो । मकवानपुरको क्षेत्र नम्बर–१ मा बिजयी राप्रपाका नेता दिपक बहादुर सिंह, मकवानपुर क्षेत्र नम्बर–२ मा विजयी नेकपा एमालेका महेश कुमार बर्तौला , क्षेत्र नम्बर–१ को प्रदेशसभा (१) मा विजयी माओवादी केन्द्रका प्रेम बहादुर पुलामी, क्षेत्र नम्बर १ को (२) मा निर्वाचित एमालेका मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठ, क्षेत्र नम्बर–२ को प्रदेशसभा (१) मा निर्वाचित माओबादीका नेता कुमारी मोक्तान, क्षेत्र नम्बर–२ को (२) मा निर्वाचित कांगे्रस नेता इन्द्र बहादुर बानिायाँलाई प्रमाणपत्र वितरण गरेको हो । मुख्य निर्वाचन अधिकृत निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिब मुकुन्द निरौला, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*