मकवानपुरमा समानुपातिक तर्फ एमाले पहिलो दल बन्यो
१० मंसिर, हेटौँडा । मकवानपुरमा प्रतिनिधिसभा समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार समानुपातिक तर्फ नेकपा एमाले पहिलो दल बनेको छ । १ लाख ७७ हजार ८ सय ५८ मत खसेकोमा एमालेले क्षेत्र नं.१ बाट २२ हजार ६ सय ११ र २ बाट २८ हजार १९६ गरी कुल ५० हजार ८ सय ७ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले क्षेत्र नं. १ बाट १४ हजार ७ सय ५३ र क्षेत्र नं. २ बाट २१ हजार ५ सय ११ गरी कुल ३६ हजार २ सय ६४ मत सहित दोस्रो दल बनेको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नं. १ बाट १८ हजार ६ सय ७ र क्षेत्र नं. २ बाट ११ हजार २ सय ८२ गरी कुल २९ हजार ८ सय ८९ मत सहित तेस्रो भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले क्षेत्र नं. १ बाट १३ हजार १ सय ३८ र क्षेत्र नं. २ बाट १२ हजार ९ सय ९५ गरी कुल २६ हजार १ सय ३३ मत सहित चौथो बन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले क्षेत्र नंं. १ ले १३ हजार ७ सय ४२ र क्षेत्र नंं २ बाट ३ हजार २९ गरी कुल १६ हजार ७७१ मत सहित पाँचौ स्थानमा रहेको छ । यसैगरी नेकपा एकिकृत समाजवादीले क्षेत्र नं. १ बाट १ हजार २ सय ४७ र क्षेत्र नं. २ बाट २ हजार ५ सय ८० गरी कुल ३ हजार ८ सय २७ मत मात्रै प्राप्त गरेको छ । खसेको मतमध्ये १ लाख ७० हजार १ सय ६६ सदर हुँदा ७ हजार ६ सय ९९ मत बदर भएको जिल्लाको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।













