मकवानपुर १(ख) मा एमालेका श्रेष्ठ निर्वाचित

स्वर्णिम खबर
७ मंसिर २०७९, बुधबार २०:४६

७ मंसिर, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत रहनु भएका श्रेष्ठले नेपाली कांग्रेसको तर्फबाट गठवन्धनका उम्मेदवार आनन्दराम पराजुलीलाई पराजित गर्दै विजयी हुनुभएको हो । श्रेष्ठले १४ हजार २२५ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार पराजुलीले १३ हजार ३५६ मत र राप्रपाका गुञ्जन बहादुर न्यौपाने ११ हजार ९ सय ४ं मत प्राप्त गरेका छन् । श्रेष्ठ विजयी भएसंगै नेकपा एमालेका नेता कार्यकर्ताहरुले हेटौंडा बजारमा बिजय ¥याली निकालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*