मकवानपुर २(ख) मा कांग्रेसका बानिंया बिजयी
७ मंसिर, हेटौँडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा ‘२’ मा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ ।
सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँले नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै विजयी हुनुभएको हो । बानियाँले थापालाई १ हजार ७८२ मतान्तरले पराजित गर्दै विजयी भएका हुनुभएको हो । कुल ४० हजार ५९९ मत खसेकोमा थापाले १६ हजार ९३५ मत प्राप्त गर्दा विजयी बानियाँले १८ हजार ७१७ मत प्राप्त गर्नुभएको हो । आधिकारिक घोषणा भने हुन बाँकी रहेको छ । बानियाँ अघिल्लो पटक यसै निर्वाचन क्षेत्रबाट बामगठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी हुनुभएको थियो ।













