मकवानपुर जिल्लाको मतगणना सुरु
५ मंसिर, हेटौँडा । मकवानपुर जिल्लाको मतगणना सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको शिद्धार्थ माध्यमिक बिद्यालयमा मतगणना सुरु भएको हो ।
दुइ वटा प्रतिनिधीसभा र चार वटा प्रदेशसभाको मतगणना आठ वटा कोठामा एकै पटक नतिजा आउनेगरी तयारी थालिएको छ । प्रतिनिधीसभाको दुइ क्षेत्रको चार वटा कोठामा र चार वटा प्रदेशसभाको अरु चार वटा कोठामा मतगणना गरिने मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो ।तारजाली भित्र मतगणना सुरु गरिएको छ । बाहिर भने उम्मेदवारका प्रतिनिधी राखिएको छ । निकै सुरक्षित तरिकाले मतगणना भइरहेको छ । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी मतदान प्रक्रियामा जिल्लाका कुल मतदातामध्ये आधाभन्दा बढीले मतदान गरेका छन् । मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले ५९ प्रतिशत मत खसेको जानकारी दिए । २०७४ को निर्वाचनमा मकवानपुरबाट ६५ प्रतिशत खसेको थियो ।













