प्रदेश निजामती सेवा अध्यादेश जारी गर्छौः मुख्यमन्त्री पाण्डे

स्वर्णिम खबर
२२ भाद्र २०७९, बुधबार १४:४६

२२ भाद्र, हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले राजनीतिज्ञ र कर्मचारीले सँधै देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।
बुधबार निजामती सेवा दिवसको अवसर पारी हेटौंडामा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले कर्मचारीहरुलाई सक्रिय ढंगबाट जनताको कामकाज गर्न निर्देशन दिनुभयो । मुलुकमा व्यवस्था परिवर्तनको चरणमा कर्मचारीहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै उहाँले अब कर्मचारीले दिने सेवामा परिस्कृत गर्दै आम जनताको विश्वास जित्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि प्रदेश सरकार लागि पर्ने दाबी गर्नुभयो ।


समारोहमा मुख्यमन्त्री पाण्डेले कर्मचारी पर्याप्त नभएको कारण प्रदेश सरकारले चाहेजति काम गर्न नसकेको स्वीकार गर्नुभयो । प्रदेशमा अझै १ हजार ४ सय निजामती कर्मचारीको पद खाली रहेको उहाँले उल्लेख गर्नुभयो । प्रदेश निजामती सेवा अध्यादेश जारी गरेर भएपनि कर्मचारीहरुको समस्या समाधान गर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव मुकुन्द नरौलाको सभाध्यक्षतामा भएको सो कार्यक्रममा निजामती सेवा दिवसको अवसरमा आयोजित विभिन्न मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा विजयी हुने कर्मचारीहरुलाई पुरस्कृतसमेत गरिएको थियो । यसअघि हेटौंडामा बिभीन्न कार्यालयहरुबाट निकालिएको प्रभातफेरी ब्यानरसहित मुख्यमन्त्री कार्यालय प्राङ्गनमा पुगेर सभामा परिणत भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*