सार्वजनिक बिदाको दिन पनि ट्रायल परीक्षा हुने

स्वर्णिम खबर
२५ श्रावण २०७९, बुधबार १३:३४

२५ श्रावण, हेटौँडा । बागमती प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरुले सार्वजनिक बिदाको दिन पनि ट्रायल परीक्षा सुरु गर्ने भएका छन् ।
श्रम, रोजगार तथा यातायात मन्त्रालयले सबै कार्यालयलाई परिपत्र गर्दै आवेदकको संख्या बढी भएका कार्यालयमा कार्यालय समयभन्दा अघि बिहान र सार्वजनिक बिदाको दिन पनि ट्रायल गराउन भनेको हो । मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र ठूलो भ¥याङले बिहान ७ बजेबाट कार्यालय सञ्चालन गरी ट्रायल सेवा जारी राखेको जानकारी दिनुभयो । अन्य कार्यालयहरुले पनि बिहानबाट ट्रायल सुरु गराउने तयारीमा छन् । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र ठूलो भ¥याङका प्रमुख सञ्जय थापाका अनुसार सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७८, आएपछि बिहानैबाट सेवा दिन थालिएको छ । अन्य सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीको चापलाई मध्यनजर गर्दै ट्रायल परीक्षा गरिने उहाँको भनाइ छ । सेवाग्राहीको चाप बढेकाले सार्वजनिक बिदाको दिन र बिहान बेलुका पनि सेवा सञ्चालन गर्न कार्यविधि बनाइएको मन्त्रालयका प्रवक्ता पोखरेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*