हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्ग ७५ करोडमा निर्माण हुँदै

स्वर्णिम खबर
२३ श्रावण २०७९, सोमबार १२:५६

२३ श्रावण, हेटौँडा । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सडकको दुई खण्ड ७५ करोड रुपैयाँ लागतमा निर्माण हुने भएको छ ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनाले कुलेखानीदेखि दक्षिणकाली सम्मको सडकलाई दुई खण्डमा गरेर ठेक्का मार्फत निर्माण गरिरहेको हो । कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको दुई खण्डमा गरेर २० किलोमिटर सडक ७५ करोड लागतमा निर्माण हुँदै गरेको आयोजनाका इञ्जिनियर किरण रञ्जितले बताउनुभयो । आयोजनाले छुट्याएको मकवानपुर खण्डमा १२ दशमलव १५८ मिटर सडक खण्ड इन्द्रसरोवर गाउँपालिकाको ज्यामिरेदेखि निर्माणको काम धमाधम भइरहेको उहाँले जानकारी दिनुभयो । मकवानपुर खण्डमा २०७८ साल फागुन २५ गते सम्झौता गरेर काम भइरहेको हो । मकवानपुर खण्डमा ४३ करोड ४१ लाख १६ हजार रुपैयाँ लागतमा रमन पीआर त्रिवेणी जेभी मूलपानी काठमाण्डौसँग सम्झौता गरेर काम सुरु गरिएको हो । यस सडक खण्ड २०८१ साल भदौ २४ गते सक्नेगरी सम्झौता गरिएको इञ्जिनियर रञ्जितले बताउनुभयो । दुवै सडक खण्डमा कटिङ गर्ने, नाली निर्माण गर्ने, १० मिटर फराकिलो निर्माण गर्ने, पिच गर्ने, वाल लगाउने लगायतका काम हुने उहाँले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*