सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामाः केपी ओली

स्वर्णिम खबर
७ असार २०७९, मंगलवार १५:४३

७ असार, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको बताउनु भएको छ ।
अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पु¥याएको दावी समेत गर्नुभयो । मंगलबार काठमाडौंमा आयोजित नेपालको परराष्ट्र मामिला बारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका डेमोक्रेसीमा हुँदै नहुने गतिविधिहरुमा सरकार संलग्न भईरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । राष्ट्र र राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा कम्तीमा पनि दलहरुबीच राष्ट्रिय सहमतीका साथ अघि बढनुपर्ने अवस्थामा सरकारले त्यसो नगरीरहेको अध्यक्ष ओलीको भनाई थियो ।
फरक प्रसंगमा अध्यक्ष ओलीले कुनै पनि देशले आफ्नो भूगाग चाहियो भन्नु सम्बन्ध बिगार्नु नभएको टिप्पणी गर्नुभयो । उहाँले छिमेक सम्बन्धिलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको बताउनुभयो । राजनीतिक खचपच नभएको भए हालसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भईसक्ने अध्यक्ष ओलीले दाबी गर्नुभयो । राष्ट्रिय हितको पक्षमा खुलस्त भएर कुराकानी गर्दामात्रै देशहरुको बीचको सम्बन्ध अझ सुदृढ हुने उहाँले बताउनुभयो ।
आफूले उच्च स्तरीय वार्ताको क्रममा सीमा विवादको समस्यालाई पटकपटक राखेको पनि ओलीले जिकिर गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*