ग्यास बुलेटको ठक्करबाट हेटाैँडामा दुईजनाको मृत्यु

स्वर्णिम खबर
२८ जेष्ठ २०७९, शनिबार २२:०२

२८ जेठ, हेटौडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार एक गरी दुई जनाको मृत्यु भएको छ।शनिबार साँझ बारा तर्फबाट हेटौंडा आउदै गरेको भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले विपरीत दिशाबाट आउदै गरेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा रहेका हेटौंडा-९ का ५५ बर्षीय इश्वर तामाङ्ग र २६ बर्षिया अमिना तामाङ्गको मृत्यु भएको हो। मृतक बाबु छोरी भएको बुझिएको छ। घटनामा घाइते दुवैको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । ठक्कर दिने बुलेट र चालक मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको छ। उक्त बुलेटले अरु केही सवारीलाई पनि ठक्कर दिदै उक्त स्थानमा आएर मोटरसाइकललाई ठक्कर दिएको बुझिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*