स्थापना दिवसमा दुग्ध किसान पुरस्कृत

स्वर्णिम खबर
२६ जेष्ठ २०७९, बिहीबार १६:३२

२६ जेठ, हेटौँडा । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघले स्थापना दिवसको अवसरमा दुग्ध किसानलाई पुरस्कृत गरेको छ ।
संघले आफ्नो सातौं स्थापना दिवस पारेर हेटौंडा ७ मा रहेको बनदेवी दुग्घ उत्पादक सहकारी सस्थामा आवद्ध रहेका किसानलाई पुरस्कृत गरेको हो । सहकारीको सदस्य रहेका धेरै, गुणस्तरीय, सफादुग्ध सहकारीमा बिक्री गर्ने किसानलाई सम्मान गरीएको सहकारीका व्यवस्थापक रेशम बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममा पुरस्कृत भएका किसानलाई पशुका लागि आवश्यक क्यालसियम, नाम्ले जुकाको औषधी, भिटामिन, खनिज मिश्रण औषधी र लेभटोनीक सहितका आवश्यक औषधि उपमहानगरपालिकाका मेयर मिना लामाले वितरण गर्नुभयो ।


कार्यक्रममा मेयर लामाले दिगो आर्यआर्जनको बाटो पहिल्याएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले कृषि क्षेत्रको बिकासवाटै समाज अघि बढ्ने भन्दै पशु बिमाको क्षेत्रमा उपमहानगरले सहयोग गर्ने बताउनुभयो।मेयर लामाले पशु बिमाको लागि सरकारले दिने ८० प्रतिशत सहुलियतमा बाँकी रहेको २० प्रतिशत उपमहानगरले व्यहोर्ने तयारी गरिएको बताउनुभयो ।
प्राविधिक संघ मकवानपुरका अध्यक्ष पुरुषोतम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ७ का वडा अध्यक्ष दामोदर गौतम, संघका केन्द्रीय सदस्य कृष्णप्रसाद भट्टराई, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डाक्टर बव्लु ठाकुर, जनप्रिय प्राबिधीक शिक्षालयका मोतीहुर रहमान सहित बिभिन्न औषधी कम्पनीका बजार प्रतिनीधीको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*