५० औं विश्व वातावरण दिवस हेटौँडामा पनि मनाईयो

स्वर्णिम खबर
२२ जेष्ठ २०७९, आईतवार १३:४९

२२ जेठ, हेटौँडा । ५० औं विश्व वातावरण दिवस हेटौँडामा पनि मनाईएको छ ।

सबैको साझा पृथ्वी भन्ने नारासहित वातावरणीय सचेतना ¥याली निकाली दिवस मनाइएको हो । हेटौंडाको हुप्राचौरबाट निकालिएको ¥याली पारिजातपथ, बुद्धचोक, सिमाचोक हुँदै रोयल पार्टी प्यालेसमा पुगेर समापन भएको हो । ¥यालीमा हेटौँडा उपमहानगरपालिका मेयर मिना लामा, उपमेयर राजेश बानिंया सहित नवनिर्वाचित जनप्रतिनिधिहरु, टोल विकास संस्थाका सदस्यहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।


यसैबीच वातावरण दिवसकै अवसरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले प्रदुषणरहित उपमहानगर बनाउन मन्त्रालयले सहयोग गर्ने आश्वासन दिनुभयो । मन्त्री खड्काले राजनीतिक दलहरुको घोषणा पत्र वातावरण र प्रकृतिमैत्री हुनुपर्ने बताउनुभयो । विकास र राजनीतिलाई पर्यावरणको मुद्धासंग जोडे मात्र राजनीतिक दलको कार्य दिशा पुरा हुने मन्त्री खड्काले बताउनुभयो । उहाँले भावी सन्ततीको लागि पनि वातावरण जोगाउनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा वातावरणको सरसफाई क्षेत्रमा योगदान पु¥याउनु हुने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । वातावरण दिवसकै अवसरमा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो ।


कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामा, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धुव्र अधिकारी, पूर्व अध्यक्ष ईश्वर ढुंगाना लगायतको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*