सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौंडा कपडा उद्योगको कपडा लगाउनुपर्ने
१५ जेठ, हेटौँडा । सरकारले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा सार्वजनिक पद धारण गरेका व्यक्तिले लगाउनुपर्ने बजेटमा घोषणा गरेको छ ।
बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरुलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको हो । करिब २० करोड रुपैयाँमा स्थापना भएकाे कपडा उद्योग २०५७ सालयता बन्द अवस्थामा छ । सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग सहित अन्य रुग्ण उद्योग चलाउने समेत बताएको छ ।













