भुमिहिनको समस्या दुई वर्ष भित्रमा समाधान गरिने

स्वर्णिम खबर
१० जेष्ठ २०७९, मंगलवार १७:३२

१० जेठ, काठमाडौँ । सरकारले भुमिहित तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दुई वर्षभित्र समाधान गरिने बताउनुभएको हो । उहाँले पुर्नस्थापनना हुन बाँकी मुक्त कमैयाहरुका लागि रोजगारी र क्षमता विकासको कार्यक्रम सञ्चालन गरिने पनि बताउनुभयो । राष्ट्रपति भण्डारीले राष्ट्रिय निकुञ्जको छेउछाउ तथा नदी किनाराका विपन्नका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन बताउनुभयो । उहाँले विशिष्टकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइने बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*