शिक्षाध्यक्षको लापरवाहीले बिद्यार्थी मारमा
९ जेठ, हेटौँडा । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गत फार्मेसी, विपीएच, ल्याब मेडीसिनको स्नातक तहको परिक्षा रोकीएको छ ।
परिक्षा रोकीदा ४० जना बिद्यार्थीको भविष्य अन्यौल बनेको छ । प्रतिष्ठानको परिक्षा बोर्डले जेठ ३ गतेदेखि परिक्षाको समय निर्धारिण गरेको थियो । प्राबिधीक कारण देखाउँदै एकाएक परिक्षा स्थगित गरी शिक्षाध्यक्ष सतिश देब र परिक्षा बोर्ड प्रमुख डाक्टर निती भाट सम्पर्क विहीन भएको बिद्यार्थीहरुको गुनासो छ । परिक्षा बोर्ड प्रमुख डाक्टर निती भाट गैरसरकारी संस्थाको प्राजेक्टमा लाग्दा परिक्षा रोकीएको भन्दै बिद्यार्थीहरु आक्रोशीत बनेका छन् । बिद्यार्थीहरुलाई भर्ना लिँदा परिक्षा शुल्क बाहेक अन्य शुल्क नलाग्ने भनिएपनि शिक्षाध्यक्ष देबको एकल निर्णयबाट बिद्यार्थीहरुलाई अतिरिक्त शुल्क उठाउन थालेपछि बिद्यार्थीहरुले त्यसको प्रतिबाद गरेका थिए । शुल्ककै विषयमा बिद्यार्थी र शिक्षाध्यक्षबीच विवाद भएपछि परिक्षा रोकीएको थियो । शुल्कको विषयमा प्रतिष्ठानको सिनेटे बैठकले निर्णय गरेपछि विवाद टुङ्गीने शिक्षाध्यक्ष देबले बताए । शुल्कको विषयले परिक्षा नै स्थगित गर्नुपर्ने आवश्यक नभएको प्रतिष्ठानका पदाधिकारी बताउँछन् । शिक्षाध्यक्षले परिक्षा बोर्ड प्रमुखे भाटको निजी ब्यस्ततालाई म्यानेज गर्नैका लागि परिक्षा नै स्थगित गरेको चर्चा चलेको छ ।













