हेटौंडाका नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ लिए

स्वर्णिम खबर
९ जेष्ठ २०७९, सोमबार ११:४६

९ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुले सोमबार सपथग्रहण गरेका छन् ।
हेटौंडामा आयोजित एक कार्यक्रममा मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उपमहानगरपालिकाका मेयर मिना कुमारी लामालाई सपथग्रहण गराउनुभएको हो । त्यसैगरी मेयर लामाले उपमेयर राजेश बानियाँ सहित १९ वटै वडाका वडा अध्यक्षहरु र वडा सदस्यहरुलाई सपथ गराउनुभएको हो ।

सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर लामाले उपमहानगरपालिकालाई समृद्ध नगर बनाउने अठोट गर्नुभयो । चुनाबमा पराजित भएकाहरुले पनि जितेको महसुस गर्नका लागि आग्रह गर्नुहुँदै मेयर लामाले नगरको विकासमा सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै निवर्तमान मेयर हरि बहादुर महतले पाँच वर्ष सम्म नगरको सेवा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीलाई धन्यवाद दिनुभयो । उपमहानगरपालिकाको विकासमा सबै जनप्रतिनिधिहरु लाग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । सपथग्रहण कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, संविधानसभाका सदस्य प्रल्हाद लामिछाने, गोविन्दराम चेपाङ, शेरबहादुर पहरी, प्रदेशसभाका मुख्य सचेतक मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका निवर्तमान प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*