हेटौंडाको मेयर र उपमेयर दुवै पदमा गठबन्धनका उम्मेदवार बिजयी
६ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् ।
मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी मिना लामा निर्वाचित हुनुभएको हो । उपमहानगरपालिकाको पहिलो महिला मेयर समेत बन्न सफल हुनुभएको लामाले नेकपा एमाले बाट उम्मेदवार बन्नु भएका अनन्त पौडेललाई पराजित गर्नुभएको हो । लामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपमेयरमा भारी मतले विजयी हुनुभएको थियो ।
यस्तै उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानिंया निर्वाचित हुनुभएको छ । बानिंयाले नेकपा एमालेबाट उम्मेदवार बन्नु भएकी सुमित्रा काफ्ललाई पराजित गर्नुभएको हो । बानिंया यसअघि २०७४ सालको स्थानीय चुनावमा वडा नं. ५ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।













