हेटौंडाको थप ५ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक

स्वर्णिम खबर
६ जेष्ठ २०७९, शुक्रबार १९:३४

६ जेठ, हेटौँडा । शुक्रबार हेटौंडा उपमहानगरपालिकाका ५ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
वडा नम्बर ८, ९, १०, १२ र १३ को नतिजा सार्ववनिक भएको हो । हेटौंडा उपमहानगरपालिका–८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामकृष्ण थापा विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका बोल बहादुर कार्कीलाई पछी पार्दै जित हासिल गर्नुभएको हो । थापाले २ हजार २ सय १३ मत प्राप्त गर्नुभयो । कार्कीले १ हजार ९ सय ६८ मत प्राप्त गर्नुभयो ।


वडा नम्बर ९ मा पनि गठबन्धन नै विजयी भएको छ । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका सुकराम के.सी विजयी हुनुभएको हो । उहाँले एमालेका उम्मेदवार लक्ष्मण भण्डारीलाई पराजित गर्नुभयो ।


यता, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मा एमालेको प्यानलनै विजयी भएको छ । एमालेका तर्फबाट फुर्वा दोर्जे लामा सहित प्यानलनैै विजयी भएका हुन् । नेपाली काग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार रहेका रमेशध्वज कार्कीलाई पराजित गर्दै लामाको टिमनै विजयी भएको हो ।


यस्तै वडा नम्वर १२ को अध्यक्षमा माओवादी केन्द्रका ललित घलान विजयी हुनुभएको छ । घलान २ हजार २७८ मतसहित वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ यसअघि २०७४ सालमा निर्वाचनमा पनि वडाध्यक्षमा विजयी हुनुभएको थियो । अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अर्जुन तिवारीले १ हजार २ सय ७२ मत प्राप्त प्राप्त गर्नुभयो ।


वडा नम्वर १३ को वडाध्यक्षमा एमालेका उम्मेदवार पेम्बा लामा विजयी हुनुभएको छ । उहाँले कांग्रेस सहितको गठबन्धनका उम्मेदवार आइमाना सिं मोक्तानलाई पराजित गर्नुभएको हो । लामाले १ हजार ३ सय १५ मत प्राप्त गर्दा आइमानले १ हजार २ सय २४ मत प्राप्त गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*