जित सुनिश्चित भएसंगै गठबन्धनका उम्मेदवारलाई एमालेका उम्मदेवारले बधाई दिए
६ जेठ, हेटौँडा । नेकपा एमालेको तर्फबाट हेटौँडा उपमहानगरपालिकाको मेयर तथा उपमेयर पदका उम्मदेवारले प्रतिस्पर्धी गठवन्धनका उम्मदेवारलाई मतगणना स्थल पुगेर बधाई दिएका छन् ।
एमालेको तर्फबाट मेयरका उम्मेद्वार अनन्त पौडेल र उपमेयरकी उम्मेद्वार सुमित्रा काफ्लेले गठवन्धनबाट नेकपा एकिकृत समाजवादीकी उम्मेद्वार मिना लामा तथा नेपाली कांग्रेसका उपमेयरका उम्मेद्वार राजेश बानीयाँलाई जितको शुभकामना तथा बधाई दिएका हुन् । मतगणना जारी रहदा गठवन्धनको जित करिब निश्चित भएपछि एमालेका उम्मेद्वारहरु बधान दिन मतगणना स्थल पुगेका हुन् । बधाई ब्यक्त गर्दै एमालेका प्रत्यासी पौडेलले लामालाई जनताको मतको कदर गर्दै काम गर्न सुझाव समेत दिनुभयो । लामालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको पनि समर्थन छ ।













