हेटौंडा ८ मा गठबन्धनका थापा निर्वाचित

स्वर्णिम खबर
६ जेष्ठ २०७९, शुक्रबार १३:२३

६ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नंं. ८ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण थापा निर्वाचित हुनुभएको छ ।
शुक्रबार सार्वजनिक मतपरिणाम अनुसार एमालेका बोलबहादुर कार्कीलाई २ सय ४५ मतले पराजित गर्दै कांग्रेसका थापा आगामी वर्ष ५ को लागि वडा अध्यक्ष निर्वाचित हुनुभएको हो । थापाले कूल २ हजार २ सय १३ मत प्राप्त गर्दा एमालेका कार्कीले १ हजार ९ सय ६८ मत प्राप्त गर्नुभयो । वडा नं. ८ कुल ४ हजार ४ सय १३ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*