सुशील घिमिरेले देखाएको राजनीतिक संस्कारको चौतर्फी प्रशंसा

स्वर्णिम खबर
५ जेष्ठ २०७९, बिहीबार २०:५९

५ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ५ का नवनिर्वाचित वडा अध्यक्ष सुशील घिमिरले देखाउनुभएको राजनीतिक संस्कारको अहिले चौतर्फी प्रशंसा भएको छ ।
वडा नं. ५ मा गुरु र चेलाबीच चुनावी प्रतिस्पर्धा थियो । एमालेबाट वडा अध्यक्षका उम्मेद्वार बनेका शुशील घिमीरेले नेपाली कांग्रेसबाट उम्मेदवार बनेको आफ्ना गुरु ह्यग्रीब आचार्यलाई घरदैलोमा आएकै बेला सगुन खुवाएर शुभकामना दिएका थिए । गुरुलाई पराजित गर्दै घिमीरे निर्वाचित भए । निर्वाचनपछि घिमीरेले विजय जुलुशमा आफ्ना गुरु आचार्यलाई काँधमै बोकेर ¥यालीमा हिडे । घिमीरेले आफ्ना गुरुप्रति गरेको सम्मानलाई लिएर सामाजिक संजालमा प्रशंसा भईरहेको छ ।

गुरु आचार्यले समेत चेलाले चुनाब जितेकोमा खुसी ब्यक्त गर्दै आगामी निर्वाचनमा उपमेयरमा चुनाव जित्न आर्शीबाद दिए । हेटौँडा ५ बाट निर्वाचित सुशीलकै अग्रसरतामा बहुउद्देश्यीय कभर्डहलदेखि पिप्ले क्याम्पा रंगशाला समेत निर्माण भएको छ । उनको लोकप्रीयता देखेर नेकपा एमालेले उनलार्ई वडा अध्यक्षको उम्मेदवार बनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*