हेटौंडाको ५, ७, १४ र १५ नं.वडाको अन्तिम मतपरिणाम सार्वजनिक

स्वर्णिम खबर
५ जेष्ठ २०७९, बिहीबार १३:१२

५ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको थप ४ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
वडा नं. ५, ७, १४ र १५ को अन्तिम नतिजा सार्वजनिक भएको हो । बिहीबार बिहान सम्पन्न मतगणनाको मतपरिणाम अनुसार वडा नं. ५ मा एमालेका उम्मेदवार सुशील घिमिरे विजयी हुनुभएको छ । घिमिरेले कांग्रेसका उम्मेदवार ह्यव्र आचार्यलाई पराजित गर्नुभएको हो । घिमिरेले २ हजार ५ सय ३० मत प्राप्त गर्दा आचार्यले १ हजार ३ सय ९० मत मात्र प्राप्त गर्नुभएको हो ।


वडा नं. १४ मा एमालेका उम्मेदवार दिपक खड्का विजयी हुनुभएको छ । उहाँले १ हजार ७ सय ८२ मत पाउदा माओवादी केन्द्रका उम्मेदवार ज्ञानेन्द्र मुक्तानले १ हजार १ सय ४६ मत प्राप्त गर्नुभएको हो ।


त्यसैगरी वडा नं. १५ मा एमालेका उम्मेदवार सुनिल मोक्तान निर्वाचित हुनुभएको छ । उहाँले गठबन्धनका उम्मेदवार नवराज घलानलाई पराजित गर्नुभएको हो । मोक्तानले २ हजार ४ सय ९१ प्राप्त गर्दा घलानले १ हजार ५ सय १७ मत प्राप्त गर्नुभएको हो । ३ वटै वडाको सदस्यमा एमालेको प्यानल विजयी भएका हुन् ।


यस्तै वडा नं. ७ मा नेपाली कांग्रेसका दामोदर गौतम बिजयी हुनुभएको छ । गौतम निकटतम प्रतिद्वन्द्वी एमालेका राजन थापालाई १ सय ३९ मतले हराउँदै निर्वाचित हुनुभएको हो । गौतमले १ हजार ४ सय ९० मत ल्याउँदा एमालेका थापाले १ हजार ३ सय ४९ मत ल्याउनुभयो । वडा नं. ७ मा गठबन्धनको प्यानल नै विजयी भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*