हेटौंडाको वडा नं. १८ मा पुनः एमालेका अनिल बानिंया निर्वाचित

स्वर्णिम खबर
३ जेष्ठ २०७९, मंगलवार १२:१२

३ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १८ को वडा अध्यक्षमा पुनः नेकपा एमालेका अनिल बानिंया निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँको वडा नंबर १८ मा कांग्रेसका उम्मेदवार रामबाबु बानिंयालाई हराउँदै अनिल बानिंयाको प्यानलनै विजयी भएको छ । एमालेबाट ह उम्मेद्वार अनिल बानियाँले १ हजार ८ सय ९८ मत ल्याउँदै जित हाँसिल गर्नुभएको हो । अनिल बानियाँ दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । बानियाँ यसअघि २०७४ को स्थानीय निर्वाचनमा पनि एमालेबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु बानियाँले १ हजार ७ सय २० मत ल्याउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*