हेटौंडाको वडा नं.२ मा कांग्रेसका महर्जन निर्वाचित
२ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. २ को वडा अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णु गोपाल महर्जन निर्वाचित हुनुभएको छ ।
सोमबार सम्पन्न मतगणनाको परिणाम अनुसार महर्जनले १२ सय ५८ मत प्राप्त गर्दै वडाअध्यक्षमा निर्वाचित हुनुभएको हो । अर्का प्रत्यासी नेकपा एमालेका हरि राउतले ८ सय ६४ मत प्राप्त गर्नुभएको छ । यो संगै नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिकाको २ वटा वडा बिजयी प्राप्त गरेको छ । यसअघि वडा नं. १ को अध्यक्षमा कांग्रेसका सविन न्यौपाने निर्वाचित हुनुभएको थियो ।













