हेटौँडा उपमहानगरपालिकामा कांग्रेसको खाता खुल्यो
१ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सविन न्यौपाने निर्वाचित हुनुभएको छ ।
आइतबार सम्पन्न मतगणनाको परिणाम अनुसार कांग्रेसका न्यौपानले १ हजार ४ सय ४२ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तम प्रसाद पौडेलले १ हजार ३ सय ११ मत प्राप्त गर्नुभएको छ । यस अघि पनि हेटौंडा १ मा नेपाली कांग्रेसका तर्फबाट न्यौपानेनै विजयी हुनुभएको थियो । आज विजयी भएसंगै दोस्रो कार्यकालका लागि न्यौपाने निर्वाचित भएका हुन् । हेटौंडा १ मा ३ हजार २९३ मत खसेको थियो ।













